गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
काठमाडौं, कात्तिक ६ : गण्डकी प्रदेशमा बिहीबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये नवलपुरका १६, कास्कीका ११, तनहुँका सात जना...
काठमाडौं, कात्तिक ६ : गण्डकी प्रदेशमा बिहीबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित मध्ये नवलपुरका १६, कास्कीका ११, तनहुँका सात जना र गोरखाका तीन जना रहेका छन्।
आज थपिएका संक्रमितसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार दुई सय ११ पुगेको छ।
त्यस्तै, गण्डकी मेडिकल कलेजमा उपचाररत एक जना संक्रमितको बुधबार साँझ मृत्यु भक्एो छ। तनहुँको ब्यासका ६८ वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ।
प्रकाशित मिति: १८:१३ बजे, बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











