भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु
काठमाडौं, कात्तिक ६ : चितवनस्थित भरतपुर अस्पतालमादुई जना कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ। चितवनको रत्ननगर नगरपालिका–१३ का ८५ वर्षीय पुरुष र मकवानपुरको...
काठमाडौं, कात्तिक ६ : चितवनस्थित भरतपुर अस्पतालमादुई जना कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ।
चितवनको रत्ननगर नगरपालिका–१३ का ८५ वर्षीय पुरुष र मकवानपुरको हेटौंडा–५ की ३३ वर्षीया महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका रत्ननगरका वृद्धलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यसैगरी खोकी र श्वासप्रश्वासको समस्या भएपछि अस्पताल भर्ना भएकी ३३ वर्षीया महिलामा असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो। ३७ हप्ताको गर्भवती रहेकी महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि बुधबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
प्रकाशित मिति: १८:०५ बजे, बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











