Kathmandu Press

प्रचण्डले रअ प्रमुखलाई भेटेका छैनन् : सचिवालय

काठमाडौं, कात्तिक ६ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले जनाएको छ।आज प्रचण्डको सचिवालयले प्रेस विज्ञप्ति जारि...
प्रचण्डले रअ प्रमुखलाई भेटेका छैनन् : सचिवालय

काठमाडौं, कात्तिक ६ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले जनाएको छ।

आज प्रचण्डको सचिवालयले प्रेस विज्ञप्ति जारि गरि भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलले प्रचण्डसँग भेट गरे भनेर आएको समचार सत्य नभएको जनाएको छ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जारि गरेको विज्ञप्तिमा केही अनलाइनमा आएका समाचारले भ्रम छरेको जनाएको छ।

प्रचण्डबारे केही अनलाइन मिडियामा ‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा भनिएको छ, ‘संवेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु।'

 

प्रकाशित मिति: १६:५७ बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्