Kathmandu Press

गण्डकी प्रदेशमा कोरोना संक्रमितको निःशुल्क उपचार

पोखरा, कात्तिक ६ : गण्डकी प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ। संघीय सरकारले सित्तैमा नगर्ने निर्णय गरेपछि प्रदेश सरकारले...
गण्डकी प्रदेशमा कोरोना संक्रमितको निःशुल्क उपचार

पोखरा, कात्तिक ६ : गण्डकी प्रदेश सरकारले कोरोना भाइरस संक्रमितको उपचार निःशुल्क गर्ने भएको छ। संघीय सरकारले सित्तैमा नगर्ने निर्णय गरेपछि प्रदेश सरकारले भने निःशुल्क गर्ने भएको हो।

प्रदेश सरकार मन्त्रिपरिषद्को बुधबारको बैठकले यसअघिजस्तै निःशुल्क उपचार तथा व्यवस्थापन प्रक्रियालाई निरन्तरता दिने निर्णय गरेको हो।

विभिन्न सामाजिक सञ्जालमा उपचार र व्यवस्थापनका सन्दर्भमा क्रियाप्रतिक्रिया आएकोमा प्रदेश सरकार प्रदेशवासीलाई सामाजिक सञ्जालमा आएका कुरामा विश्वास नगर्न आग्रह गर्दै यसअघि जेजस्ता कार्य गर्दै आएको थियो, त्यसलाई निरन्तरता दिने निर्णय गरिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले बताए।

उनका अनुसार बैठकले मुख्यमन्त्री र मन्त्रीहरुको दशैँभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ। कोरोनाको तीव्र संक्रमण बढिरहेको अवस्थामा मुख्यमन्त्रीसहित सबै मन्त्रीले विगतमा पनि एक महिनाको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय भएकोमा दशैँ खर्च भनेर आएको भत्ता गण्डकी प्रदेश सरकारको कोभिड कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।

सरकारले नेपालीका चाडपर्व दशैँ, दीपावली, नेपाल संवत्, छठलगायतका पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्डको पालना गर्न प्रदेशवासीमा आग्रह गरेको छ।

 

प्रकाशित मिति: १६:३३ बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्