सुदूरपश्चिममा एक हजार पाँच सय नाघे सक्रिय संक्रमित
धनगढी, कात्तिक ६ : सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या एक हजार पाँच सय एक पुगेको छ। यहाँका विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप एक सय...
धनगढी, कात्तिक ६ : सुदूरपश्चिममा सक्रिय संक्रमितको संख्या एक हजार पाँच सय एक पुगेको छ। यहाँका विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप एक सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितका बढेको हो।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सक्रिय संक्रमितको संख्या सबैभन्दा बढी कैलालीमा ६ सय ७६ पुगेको छ। त्यस्तै, दार्चुलामा एक सय ८२, डोटीमा एक सय ५७, बझाङ १५६, कञ्चनपुरमा एक सय २४, अछाम ८३, डडेल्धुरा ६२, बैतडी ४९, बाजुरा ६ र अन्य प्रदेशका ६ जना रहेका छन्।
पछिल्लो २४ घन्टामा गरिएको परीक्षणममा कैलालीमा ४४, कञ्चनपुरमा दुई, बैतडीमा एक ,अछाममा तीन, बझाङमा १७, डडेल्धुरामा एक, दार्चुलामा ५२, डोटीमा ११ र अन्य जिल्लामा एक जनाका रहेका छन्।
त्यस्तै, सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २१ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: १६:२० बजे, बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











