बुटवलमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु
बुटवल, कात्तिक ६ : कोरोना भाइरसको संक्रमणबाट रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ।अस्पतालका सूचना अधिकारी डा विष्णु अधिकारीका...
बुटवल, कात्तिक ६ : कोरोना भाइरसको संक्रमणबाट रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ।
अस्पतालका सूचना अधिकारी डा विष्णु अधिकारीका अनुसार उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेहरुमा अर्घाखाँचीको पाणिनि–७ का ३८ वर्षीय युवक र रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय बृद्ध रहेका छन्।
अर्घाखाँचीका युवकलाई असोज २२ गते कोरोना संक्रमण देखिएको थियो। उनी त्यहि दिन अस्पताल भर्ना भएका थिए। उनको गएराति ९ः२४ बजे उपचारका क्रममा मृत्यु भएको हो।
त्यसतै, रुपन्देहीका बृद्धमा कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी स्वास्थ्यमा समस्या आएपछि केही दिन अघि अस्पताल भर्ना भएका थिए। उनको गएराति १२ः७ बजेट मृत्यु भएको अस्पतालका सूचना अधिकारी अधिकारीले बताए।
उनीहरु दुवै जनाको आईसीयूमा राखेर उपचार भइरहेको थियो। दुवैलाई ज्वरोसँगै श्वासप्रश्वासमा समस्या भएको जनाएको छ।











