भरतपुर अस्पतालमा कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु
काठमाडौं, कात्तिक ६ : भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ ।तनहुँ जिल्ला, शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर...
काठमाडौं, कात्तिक ६ : भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमित गर्भवती महिलाको मृत्यु भएको छ ।
तनहुँ जिल्ला, शुक्लगण्डकी नगरपालिका घर भई हाल मकवानपुर जिल्ला हेटौडा ५ बस्ने ३३ वर्षीय गर्भवती महिलाको आज बिहान निधन भएको अस्पतालले जनाएको छ ।
ती महिला असोज ३० गते कोरोना संक्रमण संक्रमण सहित खोकी, श्वासप्रश्वाशमा समस्या भई यस अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिईन् ।
उनलाई मिति असोज ३० गते नै कोभिड १९ संक्रमण पुष्टि भएको थियो ।
३७ हप्ता को गर्भवती रहेकी महिलाको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कात्तिक ५ गते देखि भेन्टिलेटरको सहायतामा उपचार गरिएको गरिएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति: १३:५१ बजे, बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











