Kathmandu Press

कोरोनाका कारण क्यान्सर बिरामी प्रहरी हवल्दारको मृत्यु

काठमाडौं, कात्तिक ६ : कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का...
कोरोनाका कारण क्यान्सर बिरामी प्रहरी हवल्दारको मृत्यु

काठमाडौं, कात्तिक ६ : कोरोना सङ्क्रमणका कारण एक जना प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन् ।

उनको  चितवन मेडीकल कलेजमा बुधबार दिउँसो ४ः३० बजे मृत्यु भएको हो । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो ।

असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । क्यान्सर रोगका कारण काम गर्न नसक्ने भए पछि उनको घरमा नै बसेर उपचार गराई रहेको अवस्थामा आज कोरोना सङ्क्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्