Kathmandu Press

भारतमा  ७७ लाखभन्दा बढीमा संक्रमण 

काठमाडौं, कात्तिक ५ : भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५६ हजार जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको...
भारतमा  ७७ लाखभन्दा बढीमा संक्रमण 

काठमाडौं, कात्तिक ५ : भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५६ हजार जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७७ लाख ५ हजार १५८ पुगेको हो । 

संक्रमितमध्ये अहिलेसम्म ६८ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ७ लाख १६ हजार ६०७ जनाको उपचार भइरहेको छ ।

यस्तै, भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ७०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

यो सँगै मृत्यु हुनेको संख्या १ लाख १६ हजार ६५३ पुगेको छ ।

प्रकाशित मिति: १२:१५ बजे, बिहीबार, कात्तिक ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्