कोरोना संक्रमणबाट डोटीका कांग्रेस नेता पुनको मृत्यु
डोटी, कात्तिक ५ : कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेस डोटीका नेता तेजबहादुर पुनको मृत्यु भएको छ। केआई सिंह गाउँपालिका-४, वायलका ५० वर्षीय पुनको बुधबार सेती...
डोटी, कात्तिक ५ : कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेस डोटीका नेता तेजबहादुर पुनको मृत्यु भएको छ।
केआई सिंह गाउँपालिका-४, वायलका ५० वर्षीय पुनको बुधबार सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति संघ डोटीका अध्यक्ष समेत रहेका पुनमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो।
स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। डोटीमा कोरोना संक्रमणबाट ज्यान गुमाउने पुन पहिलो व्यक्ति हुन्।
प्रकाशित मिति: २३:३६ बजे, बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











