Kathmandu Press

एकैदिन थपिए ५ हजार ७४३ जना कोरोना संक्रमित 

नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
एकैदिन थपिए ५ हजार ७४३ जना कोरोना संक्रमित 
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक ५ :  नेपालमा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ५ हजार ७४३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ पुगेको छ। संक्रमितमध्ये ९९ हजार ६०५ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७९१ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार बुधबार कोरोनालाई जितेर २९९६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:१३ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्