कक्षा १२ को परीक्षा मंसिर ९ देखि हुने
काठमाडौं, कात्तिक ५ : कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि हुने भएको छ। कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९...
काठमाडौं, कात्तिक ५ : कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि हुने भएको छ।
कोरोना महामारीका कारण रोकिएको कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सुरु हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड र सामाजिक दूरी कायम राखेर सञ्चालन हुने परीक्षाको तालिका पनि बोर्डले सार्वजनिक गरेको छ।
परीक्षा समय बिहान ८ बजेबाट सुरु हुनेछ। यस्तै, मंसिर ९ देखि सुरु हुने परीक्षा १६ गते सकिने छ।
हेर्नुस् परीक्षा तालिका :

प्रकाशित मिति: २२:०९ बजे, बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











