उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालले दर्ता गरे उम्मेदवारी
काठमाडौं, कात्तिक ५ : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गरेका छन्। महासंघको केन्द्रीय कार्यालय टेकुमा बुधबार दिउँसो वरिष्ठ उपाध्यक्ष...
काठमाडौं, कात्तिक ५ : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी दर्ता गरेका छन्।
महासंघको केन्द्रीय कार्यालय टेकुमा बुधबार दिउँसो वरिष्ठ उपाध्यक्ष पदमा ढकालले उम्मेदवारी दर्ता गरेका हुन्। उनीसँगै उनको प्यानलका उपाध्यक्षहरुले पनि उम्मेदवार दर्ता गरेका छन्।
ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला/नगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी दर्ता गराएका हुन्।
महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ। यसअघि गत चैतमा हुने भनिएको निर्वाचन कोरोना महामारी फैलिएपछि स्थगित भएको थियो।
उम्मेदवारहरुले मंसिर ४ गतेसम्म उम्मेदवारी दर्ता गराउन सक्नेछन् भने इमेलबाटै पनि उम्मेदवारी दर्ता गर्न सकिने व्यवस्था मिलाइएको छ। तर, उम्मेदवारी दर्ता गरेपछि मंसिर ४ गतेभित्र सक्कल कागजात भने महासंघको केन्द्रीय कार्यालयमा बुझाउनु पर्नेछ।











