Kathmandu Press

कोरोना संक्रमणबाट धनगढीमा दुई जनाको मृत्यु

धनगढी, कात्तिक ५ : कोरोना भाइरसको संक्रमणबाट कैलालीको धनगडीका दुई जनाको मृत्यु भएको छ।आज बिहान धनगढी उपमहानगरपालिका–२ का ६८ वर्षीय बृद्धको घरमै मृत्यु...
कोरोना संक्रमणबाट धनगढीमा दुई जनाको मृत्यु

धनगढी, कात्तिक ५ : कोरोना भाइरसको संक्रमणबाट कैलालीको धनगडीका दुई जनाको मृत्यु भएको छ।

आज बिहान धनगढी उपमहानगरपालिका–२ का ६८ वर्षीय बृद्धको घरमै मृत्यु भएको हो। सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार उनी होम आइसोलेसनमा बसिरहेका थिए।

उनलाई असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसयता उनी होम आइसोलेसनमा बस्दै आएका थिए। उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको श्रेष्ठले बताए।

उनको शव सेती अञ्चल अस्पतालमा राखिएको छ। नेपाली सेनाको टोली व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

त्यस्तै, धनगढीकै ६० वर्षीय व्यापारीको भारतको लखनउमा मृत्यु भएको छ। उनी पनि कोरोना संक्रमण देखिएपछि होम आइसोलेसनमा बस्दै आएका थिए।

उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि भारतको लखनउ लगिएको थियो। उनको लखनउमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, कैलालीले जनाएको छ।

 

प्रकाशित मिति: १७:३९ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्