Kathmandu Press

दार्चुलाका थप ५० जनामा कोरोना भाइरसको संक्रमण

डडेल्धुरा, कात्तिक ५ : दार्चुलाका थप ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।डडेल्धुरा अस्पतालको प्रयोगशालामा...
दार्चुलाका थप ५० जनामा कोरोना भाइरसको संक्रमण

डडेल्धुरा, कात्तिक ५ : दार्चुलाका थप ५० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा दार्चुलाको महाकाली नगरपालिकाका ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। दार्चुलाबाट पठाएका ८४ वटा नमुना परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूसालले बताए।

योसँगै दार्चुलामा कोरोना संक्रमण हुनेको संख्या दुई सय ५० पुगेको छ। अहिलेसम्म कोरोनाबाट एकजनाको मृत्यु भएको छ।

 

प्रकाशित मिति: १७:२९ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्