Kathmandu Press

विप्लवले घोषणा गरे सरकारविरुद्ध संघर्षका कार्यक्रम

काठमाडौं, कात्तिक ५ : कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णयको विरोध गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संघर्ष कार्यक्रम सार्वजनिक...
विप्लवले घोषणा गरे सरकारविरुद्ध संघर्षका कार्यक्रम

काठमाडौं, कात्तिक ५ : कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णयको विरोध गर्दै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संघर्ष कार्यक्रम सार्वजनिक गरेको छ।

आज नेकपा महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गरि कात्तिक १५ देखि २० गतेसम्म संघर्षका कार्यक्रमण घोषणा गरेको हो। जसमा कोणसभा, पर्चापम्प्लेट लगाउने र विरोध जुलुस निकाल्ने रहेका छन्।

सार्वजनिक गरिएका संघर्षका कार्यक्रममा कात्तिक १५ गते कोणसभा गर्ने, कात्तिक १७ गते पर्चा पम्प्लेट वितरण गर्ने र कात्तिक २० गते विरोध जुलुस प्रदर्शन गर्ने जनाएको छ। उनले यसमा सहयोग गर्न नागरिकलाई आह्वान गरेका छन्।

 

प्रकाशित मिति: १६:०२ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्