Kathmandu Press

नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना

काठमाडौं, कात्तिक ५ : नर्भिक अस्पतालका अध्यक्ष एवं कवि वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।व्यवसायी चौधरीले ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण...
नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीलाई कोरोना

काठमाडौं, कात्तिक ५ :नर्भिक अस्पतालका अध्यक्ष एवं कवि वसन्त चौधरीलाई कोरोना भाइरसको संक्रमण भएको छ।

व्यवसायी चौधरीले ट्वीट गर्दै आफूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको सार्वजनिक गरेका छन्। उनलाई कोरोना केही लक्षण पनि देखिएको जनाएको छ।

कोरोनाका लक्षण देखिएको भएपनि आफूलाई समस्या नभएको व्यवसायी चौधरीले बताएका छन्। अहिले उनी घरमै होम आइसोलेसनमा बसेका छन्।

उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई कोरोना परीक्षण गराउन र सावधानी अपनाउन पनि आग्रह गरेका छन्।

 

प्रकाशित मिति: १५:३० बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्