Kathmandu Press

राष्ट्रपति भण्डारीले आज रानीपोखरीको उद्घाटन गर्ने 

काठमाडौं, कात्तिक ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने भएकी छिन् । रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी भण्डारीले नै पोखरीको निर्माण सम्पन्न भएपछि...
राष्ट्रपति भण्डारीले आज रानीपोखरीको उद्घाटन गर्ने 

काठमाडौं, कात्तिक ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने भएकी छिन् । रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी भण्डारीले नै पोखरीको निर्माण सम्पन्न भएपछि उद्घाटन गर्न लागेकी हुन्।

बिहान साढे ११ बजे रानीपोखरीको उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ । पाँच वर्षअघिको विनाशकारी भूकम्पले भत्काएको रानीपोखरीको पुनर्निर्माण कार्य सम्पन्न भएको छ।

प्रताप मल्लले निर्माण गरेको रानीपोखरीले मौलिक स्वरुपमा बनाइएको छ। मल्लकालमा शिखर शैलीमा निर्माण भएको रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर राणाकालमा गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो।

भूकम्पपछि पानीविहीन बनेको रानीपोखरी अहिले पानीले भरिएको छ। पोखरी र मन्दिर क्षेत्रलाई बत्तीले सजाइएको छ। 

प्रकाशित मिति: १४:३३ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्