Kathmandu Press

बुटवलको कोरोना अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, कात्तिक ५ : बुटबलको कोरोना विशेष अस्पतालमा बुधबार विहान दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।अस्पतालका अनुसार बुटबल उपमहानगरपालिका–१७ मोतीपुरका...
बुटवलको कोरोना अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, कात्तिक ५ : बुटबलको कोरोना विशेष अस्पतालमा बुधबार विहान दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका अनुसार बुटबल उपमहानगरपालिका–१७ मोतीपुरका ८१ वर्षका पुरुष र बुटबल–११ का ४७ वर्षका अर्को पुरुषको मृत्यु भएको हो ।

अस्पतालका अनुसार असोज २७ गते भर्ना भएको  मोतीपुरुका ८१ वर्षका पुरुषको आज बिहान ५ बजे मृत्यु भएको छ । उनी सुगर र प्रेसरका बिरामी रहेको थिए ।

त्यस्तै, बुटबल–११ का ४७ वर्षीय पुरुष असोज २४ गते भर्ना भएका थिए । आज बिहानै भेन्टीलेटरमा राखि उपचार गर्दागर्दे मृत्यु भएको अस्पतालले जनाएको छ ।  उनी पनि प्रेसर रोगका बिरामी थिए । 

प्रकाशित मिति: १४:०४ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्