Kathmandu Press

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरूवात

काठमाडौं, कात्तिक ५ : यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले शानदार शुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा बार्साले हंगेरीयन क्लब फेरेन्सभारोसलाई ५–१...
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार सुरूवात

काठमाडौं, कात्तिक ५ : यूईएफए च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले शानदार शुरुवात गरेको छ। गएराति सम्पन्न खेलमा बार्साले हंगेरीयन क्लब फेरेन्सभारोसलाई ५–१ गोल अन्तरले पराजित गर्दै शानदार शुरुवात गरेको हो ।

बार्सिलोनाको जितमा लियोनेल मेसी, अन्सु फाती, फिलिप कोटीन्हो, पेड्री र ओसमान डेम्बेलेले एक एक गोल गरेका थिए। २५ बर्षपछि पहिलो पटक च्याम्पियन्स लिगमा खेलिरहेको फेरेन्सभारोसका लागि इहोर खाराटिनले एक गोल पेनाल्टी मार्फत गरेका थिए।

बार्सिलोनाका जेरार्ड पिकेले खेलको ६८औ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो। यो जितपछि समूह जीमा बार्सिलोनाले महत्वपूर्ण ३ अंक हासिल गरेको छ।

यसै गरी गएराति नै भएको अर्को खेलमा  म्यानचेस्टर युनाइटेडले पिएसजीलाई २–१ ले पराजित गरेको छ। युनाइटेडको जितमा ब्रुनो फर्नानडेज र मार्कोस राशफोर्डले एक एक गोल गरेका थिए भएन पिएसजीका लागि युनाइटेडकै एन्थोनी मार्सियलले आत्मघाती गोल गरेका थिए।

त्यस्तै चेल्सी र सेभिल्लाले गोलरहित बराबरी खेले।

प्रकाशित मिति: १३:०६ बजे, बुधबार, कात्तिक ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्