आईपीएलमा दिल्लीमाथि पञ्जाबको जित
काठमाडौं, कात्तिक ५ : किङ्स इलाभेन पन्जाबले आईपीएलमा चौथो जित हात पार्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।दुबईमा मंगलबार भएको खेलमा पन्जाबले...
काठमाडौं, कात्तिक ५ : किङ्स इलाभेन पन्जाबले आईपीएलमा चौथो जित हात पार्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।
दुबईमा मंगलबार भएको खेलमा पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको हो ।
दिल्लीले दिएको १ सय ६५ रनको लक्ष्य पञ्जाबले १९ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
जितसँगै पञ्जाबले १० खेलमा ८ अंक जोडेर तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । दिल्ली १० खेलमा १४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित मिति: १२:४३ बजे, बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











