Kathmandu Press

गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक ४ : गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ९७६ पुगेको गण्डकी...
गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, कात्तिक ४ : गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

योसहित प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार ९७६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए।

आज थपिएका संक्रमितमध्ये लम्जुङका ११, तनहुँका तीन र कास्कीका दुई जना रशेका छन्। संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र उनीहरूको आइसोलेसन व्यवस्थापनको तयारी भइरहेको निर्देशनालयले जनाएको छ। प्रदेशमा हालसम्म कोरोना संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ भने तीन हजार ६०५ जना निको भएका छन्।

प्रकाशित मिति: २३:४२ बजे, मंगलबार, कात्तिक ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्