Kathmandu Press

गण्डकी मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, कात्तिक ४ : कोरोना संक्रमणको कारण पोखरामा थप एक पुरुषको मृत्यु भएको छ। पोखरा महानगरपालिका–२२ का ४४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको...
गण्डकी मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, कात्तिक ४ : कोरोना संक्रमणको कारण पोखरामा थप एक पुरुषको मृत्यु भएको छ। 

पोखरा महानगरपालिका–२२ का ४४ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो।

उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो। निमोनिया र श्वासप्रश्वासमा समस्या भएपछि उनी उपचारको लागि अस्पताल भर्ना भएका थिए।

योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ५५ पुगेको छ।।

प्रकाशित मिति: २२:४६ बजे, मंगलबार, कात्तिक ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्