Kathmandu Press

खुकुलो लकडाउन भएरपनि भारतमा संक्रमणमुक्त हुनेके संख्या बढी : भारतीय प्रधानमन्त्री मोदी

नयाँ दिल्ली, कात्तिक ४ : लचिलो लकडाउन भएर पनि संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका...
खुकुलो लकडाउन भएरपनि भारतमा संक्रमणमुक्त हुनेके संख्या बढी : भारतीय प्रधानमन्त्री मोदी

नयाँ दिल्ली, कात्तिक ४ : लचिलो लकडाउन भएर पनि संक्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन्।

उनले भारतमा औसतमा ८८ प्रतिशत संक्रमितहरु संक्रमणमुक्त बताएका छन्।

लकडाउन लचिलो भएर पनि संक्रमणमुक्त हुनेहरुको यो संख्या विश्वमै एक मात्र र पहिलो देश भारत भएको उनको दाबी छ।

Hardik ivf

ग्रान्ड च्यालेन्ज एनुयल मिटिङलाई भिडियोमार्फत् सम्वोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘भारतको आकार, विविधता र मात्रा देखेर विश्व सँधै लोभिएको छ।’

‘हाम्रो जनसङ्ख्या अमेरिकाको भन्दा झण्डै झण्डै चार गुणा बढी छ, हाम्रा धेरै राज्यहरु युरोप र एसियाका देशभन्दा बढी प्रदुषित छन्, तर पनि हाम्रोमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या अत्यन्त कम छ,’ उनले भने।

प्रधानमन्त्री मोदीले भारतमा सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको र सङ्क्रमणमुक्त भएकाहरुका सङ्ख्या पनि उच्च रहेको बताए।

उनले भने, ‘यति धेरै जनसङ्ख्या भएको मुलुकमा लकडाउन लचिलो बनाउँदा समेत सङ्क्रमित भएकाहरुको सङ्ख्या निकै कम रहेको छ। यस्तो अवस्था विश्वको सायद कुनै पनि देशमा छैन।’

मास्कको प्रयोगका लागि प्रेरित गर्ने मुलुकमा पनि भारत सवैभन्दा अगाडि रहेको प्रधानमन्त्री मोदीले दाबी गरे।
वी गर्नुभयो ।  

‘हामीले काम रोकेका छैनौ, खोपका लागि पनि प्रयास भइरहेको छ, अरु पनि धेरै उपायहरु हामीले अवलम्बन गरेका छौँ,’ उनले भने।

प्रकाशित मिति: २०:४८ बजे, मंगलबार, कात्तिक ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्