Kathmandu Press

विराटनगरमा थप सात जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, कात्तिक ४ : विराटनगरको विभिन्न अस्पतालमा थप सात जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। मृतकमध्ये पाँच महिला र दुई पुरुष छन्।सोमबार...
विराटनगरमा थप सात जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, कात्तिक ४ : विराटनगरको विभिन्न अस्पतालमा थप सात जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। मृतकमध्ये पाँच महिला र दुई पुरुष छन्।

सोमबार साँझदेखि मंगलबार बिहानसम्म विभिन्न अस्पतालमा उपचाररत सात संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ। 

विराटनगरको कोभिड १९ उपचार केन्द्रमा तीन, न्युरो अस्पतालको कोभिड १९ उपचार केन्द्र, विराट नर्सिङहोम, नोबेल र विराट मेडिकल कलेज एक–एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा कोभिड उपचार केन्द्रमा उपचाररत मोरङ कटहरी गाउँपालिका– २ की २१ वर्षीया महिला, विराटनगर महानगरपालिका– १२ की ६४ वर्षीया महिला र सुनसरीको इटहरी उपमहानगरपालिका– ५ का ३८ वर्षीय पुरुष रहेका छन्।

विराट अस्पतालमा मोरङको रंगेली नगरपालिका– ३ का ८५ वर्षीय वृद्धको मृत्यु भएको हो।

न्युरो अस्पतालमा विराटनगर महानगरपालिका– १० की ६४ वर्षीया वृद्धा र नोबेल मेडिकल तथा टिचिङ अस्पतालमा विराटनगर महानगरपालिका– ७ की ६९ वर्षीया वृद्धाको मृत्यु भएको हो। 

त्यसैगरी विराट मेडिकल तथा टिचिङ अस्पतालमा झापाको बिर्तामोड नगरपालिका– ४ की ७६ वर्षीया महिलाको मृत्यु भएको हो।

योसहित प्रदेश १ मा हालसम्म १ सय ४३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: १९:११ बजे, मंगलबार, कात्तिक ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्