Kathmandu Press

कोरोनाको उपचार निःशुल्क नगर्ने निर्णय तत्काल फिर्ता लिन नेकपाभित्रै माग

काठमाडौं, कात्तिक ४ : कोरोना संक्रमितको उपचार निःशुल्क गर्न नेकपाभित्रै आवाज उठेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना...
कोरोनाको उपचार निःशुल्क नगर्ने निर्णय तत्काल फिर्ता लिन नेकपाभित्रै माग

काठमाडौं, कात्तिक ४ : कोरोना संक्रमितको उपचार निःशुल्क गर्न नेकपाभित्रै आवाज उठेको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार निःशुल्क नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका हुन्।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकको जीवन रक्षा सरकारको दायित्व भएको भन्दै कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न माग गरेका थिए।

‘नागरिकको जीवन रक्षा गर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन यो निर्णय तत्काल फिर्ता गर्नुपर्छ बारम्बार पार्टी र सरकारलाई बदनाम गराउने काम ठीक छैन,’ प्रचण्डले बैठकमा भनेको कुरा उनका प्रेस संयोजक विष्णु सापकोटाले बताए। 

यता वरिष्ठ नेता माधव कुमार नेपालले विज्ञप्ति जारी गर्दै निःशुल्क उपचार नगर्ने निर्णय लिनु आपत्तिजनक भएको बताएका छन्। संकटको समयमा राज्य नागरिकको साथमा हुनुपर्ने नेता नेपालको भनाइ छ।

‘संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ,’ विज्ञप्तिमा नेता नेपालले भनेका छन्, ‘यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन। त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्याप्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भीर विषय हो।’

सरकारी निर्णय गैरजिम्मेवार रहेको भन्दै उनले तत्काल फिर्ता लिन भनेका हुन्। सरकारले गत आइतबार कोरोनाको उपचार निःशुल्क गर्न नसक्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १८:३६ बजे, मंगलबार, कात्तिक ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्