Kathmandu Press

कर्णालीको विवाद समाधान प्रदेशकै संसदीय दलबाट गर्न नेकपा अध्यक्षद्वयको निर्देशन

काठमाडौं, कात्तिक ४ : कर्णाली प्रदेशको समस्या प्रदेशकै संसदीय दलबाट समाधान गर्न नेकपाका अध्यक्षद्वयले निर्देशन दिएका छन्। मंगलबार बालुवाटारमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल...
कर्णालीको विवाद समाधान प्रदेशकै संसदीय दलबाट गर्न नेकपा अध्यक्षद्वयको निर्देशन

काठमाडौं, कात्तिक ४ : कर्णाली प्रदेशको समस्या प्रदेशकै संसदीय दलबाट समाधान गर्न नेकपाका अध्यक्षद्वयले निर्देशन दिएका छन्। 

मंगलबार बालुवाटारमा अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपश्चात प्रदेश संसदीय दलबाटै समस्याको समाधान गर्न त्यहाँका नेतालाई निर्देशन दिएका हुन्।

‘कर्णाली प्रदेश संसदीय दलमा देखापरेका समस्या समाधान गर्न त्यहीँको पार्टी कमिटी, संसदीय दललाई नै निर्देशन छ,’ प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने।

गत असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाका १८ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। 

विवाद चर्किँदै गएपछि अध्यक्षद्वय ओली र प्रचण्डले पत्र काटेर दुबै पक्षलाई काठमाडौँ बोलाएका थिए। दुवै अध्यक्षले सबै पक्षसँग छुट्टाछुट्टै छलफल गरेका थिए। दुवै पक्षसँगको कुराकानीपछि विवाद प्रदेशबाटै समाधान गर्न निर्देशन दिएका हुन्।

प्रकाशित मिति: १८:२१ बजे, मंगलबार, कात्तिक ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्