Kathmandu Press

दशैंमा अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन जिल्ला प्रशासनको आग्रह

काठमाडौं, कात्तिक ४ : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दसैंको समयमा अत्यावश्यकवाहेका घर बाहिर ननिस्कन आग्रह गरेको छ। पछिल्लो समय...
दशैंमा अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन जिल्ला प्रशासनको आग्रह

काठमाडौं, कात्तिक ४ : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले दसैंको समयमा अत्यावश्यकबाहेका घर बाहिर ननिस्कन आग्रह गरेको छ। 

पछिल्लो समय कोरोनाको हटस्पट बनेका काठमाडौंमा दसैँको समयमा धेरै चहलपहल हुने भएकाले महामारी झनै फैलने भन्दै सचेत रहन अनुरोध गरेको हो।

काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालद्वारा जारी अनुरोधपत्रमा व्यक्तिगत तथा सामूहिक सचेतता अपनाइ जो जहाँ छौं त्यही ठाउँमा बसेर पर्व मनाउन आग्रह गरिएको छ। प्रशासनले घरबाहिर निस्कनै पर्नै भएमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।

साथै, चाडपर्वमा महामारी नफैलियोस् भन्नको लागि भदौं ३१ गते जिल्ला प्रशासनले जारी गरेको आदेशको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ।
 

प्रकाशित मिति: १८:०१ बजे, मंगलबार, कात्तिक ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्