Kathmandu Press

लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं, कात्तिक ४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशले कोरोना संक्रमितको निःहुल्क उपचार गर्ने बताएका छन्। स्वास्थ्य तथा जनसंख्या मनत्रालयले कोरोना संक्रमितको...
लुम्बिनी प्रदेश सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं, कात्तिक ४ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशले कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने बताएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मनत्रालयले कोरोना संक्रमितको उपचार खर्च बिरामीले व्यवहोर्नुपर्ने बताएको समयमा लुम्बिनी प्रदेश सरकारले लक्षण देखिएका र अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका संक्रमितको उपचार निःशुल्क गर्ने जनाएको हो।

मुख्यमन्त्री पोखरेलले आफ्नो फेसबुक पेजमार्फत प्रदेशका चारवटा कोरोना अस्पतालमा संक्रमितको निःशुल्क उपचार गर्ने बताएका हुन्।

‘लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि निःशुल्क उपचारको व्यवस्था यथावत रहेको छ,’ 

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिब, अति विपन्न तथा अशक्त बाहेकका कोरोना संक्रमितको उपचार सरकारले नगर्ने निर्णय गरेको थियो। सरकारको उक्त निर्णयपछि सरकारको आलोचना भइरहेको छ।

प्रदेशका चार अस्पतालमा हालसम्म १ हजार ९४ जना भर्ना कोरोना संक्रमित भर्ना भएका छन्। जसमध्ये ८ सय ५० जना कोरोनामुक्त भइसकेका छन्।

साथै, कोरोना संक्रमणको कारण ७८ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित मिति: १७:३७ बजे, मंगलबार, कात्तिक ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्