चितवनमा उपचारका क्रममा दुई कोरोना संक्रमितको मृत्यु
चितवन, कात्तिक ४ : पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय...
चितवन, कात्तिक ४ : चितवनमा कोरोना संक्रमणको कारण दुई जनाको मृत्यु भएको छ।
पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ। निमोनियासम्बन्धी उपचारका लागि असोज २९ गते अस्पतालमा भर्ना भएका वृद्धलाई कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। कोरोना संक्रमण पुष्टि भई कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
त्यसैगरी चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुष रहेको कलेजले जनाएको छ। गत असोज १७ गते सर्पले डसेको शङ्का लागेर अस्पताल भर्ना गरिएकोमा उनको १८ असोजमा कोरोना पोजेटिभ देखिएकोे थियो। स्वासप्रस्वासको समस्या आएपछि उपचारको क्रममा आज बिहान उनको मृत्यु भएको हो।











