Kathmandu Press

तीन दिनदेखि वेपत्ता प्रहरी जवान पनि मृत भेटिए

धनगढी, कात्तिक ४ : तीन दिनदेखि वेपत्ता रहेका कैलालीका एकक प्रहरी जवानको आज बिहान शव भेटिएको छ।कैलालीको धनगढीस्थित अस्थायी प्रहरी पोस्ट, जुगेडामा कार्यरत...
तीन दिनदेखि वेपत्ता प्रहरी जवान पनि मृत भेटिए

धनगढी, कात्तिक ४ : तीन दिनदेखि वेपत्ता रहेका कैलालीका एक प्रहरी जवानको आज बिहान शव भेटिएको छ।

कैलालीको धनगढीस्थित अस्थायी प्रहरी पोस्ट, जुगेडामा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको हो। उनी अस्थायी प्रहरी पोस्टका असई गोविन्द विकसँगै शनिबार राति ८ बजे गस्तीमा गएका थिए।

असई विकको आइतबार मोहना नदीमा शव भेटिएको थियो। उनीसँगै गएका प्रहरी जवान साउँद वेपत्ता रहेका थिए। प्रहरीले उनको खोजी गरिरहेको थियो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिँहले असई विकको शव भेटिएको मोहना नदीमै प्रहरी जवान साउँदनको पनि शव भेटिएको बताए। शव नदीबाट निकालिएको र घटनाको मुचुल्का बनाउने काम भइरहेको उनले बताए।

मोहना नदीको सलियापार र बनकट्टीको घाटको बीचमा असइ विकको शव फेला परेको थियो। असइको शव भेटिएको करिब दुई सय मिटर उत्तरतिर मोहना नदीमै प्रहरी जवान साउदको पनि शव भेटिएको हो।

प्रहरीले असई विक र जवान साउदको हत्या गरी नदीमा फालेको जनाएको छ। यसमा संलग्न रहेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको एसएसपी सिंहले बताए।

 

प्रकाशित मिति: १७:०२ बजे, मंगलबार, कात्तिक ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्