कर्मचारीमा कोरोना देखिएपछि महोत्तरीका चार कार्यालय बन्द
महोत्तरी, कात्तिक ४ : कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन्।कर्मचारीमा कोरोना...
महोत्तरी, कात्तिक ४ : कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै महोत्तरीका चारवटा कार्यालयले आजदेखि आकस्मिक र आन्तरिकबाहेक सम्पूर्ण कामकाज बन्द गरेका छन्।
कर्मचारीमा कोरोना भाइरस सङ्क्रमणको मिल्दोजुल्दो लक्षण देखिएकाले जिल्ला प्रशासन कार्यालय, मालपोत, भूमिसुधार र नापी कार्यालयसहित चार कार्यालयको कामकाज कात्तिक १५ गतेसम्मका लागि बन्द गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारीका कृष्णबहादुर कटुवालले बताए।
यो अवधिमा ती कार्यालयबाट हुने आकस्मिक र आन्तरिक कामबाहेक अन्य कुनै सेवा प्रवाह नहुने प्रजिअ कटुवालले बताए। कार्यालयको सेवा प्रवाह बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्।
कामका लागि आएका सेवाग्राही काम नगरि फर्किन थालेका छन्। कर्मचारीहरुले बहानाबाजी गर्दै जनताको कामकाज ठप्प पारेको सेवाग्राहीको गुनासो छ।
प्रकाशित मिति: १६:२९ बजे, मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












