कोरोना संक्रमित महिलाको बुटवलमा मृत्यु
काठमाडौं, कात्तिक ४ : रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।बुटवल–११ की ४४ वर्षीया महिलाको आज...
काठमाडौं, कात्तिक ४ : रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
बुटवल–११ की ४४ वर्षीया महिलाको आज बिहान ५ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
सोमबार लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गराइएको रिपोर्ट पोजेटिभ आएपछि उनको भेन्टिलेरमा राखेर उपचार गरिएको थियो ।
यो सँगै कोरोना विशेष अस्पताल बुटवलमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
प्रकाशित मिति: १३:५५ बजे, मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











