Kathmandu Press

धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

धरान, कात्तिक ३ : सुनसरीको धरानमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान–१८ का...
धरानमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

धरान, कात्तिक ३ : सुनसरीको धरानमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान–१८ का ७२ वर्षीय पुरुष र धरान–१७ का ६८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार धरान-१८ का ७२ वर्षीय पुरुषमा असोज २९ गते कोरोना पुष्टि भएको र सोमबार प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा मृत्यु भएको हो।

यस्तै, धरान-१७ का ६८ वर्षीय पुरुषमा असोज २८ गते कोरोना पुष्टि भएपछि प्रतिष्ठानमा भर्ना भएका थिए। उनको सोमबार दिउँसो साढे तीन बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
 

प्रकाशित मिति: ०१:३९ बजे, मंगलबार, कात्तिक ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्