Kathmandu Press

प्रधानमन्त्री र मन्त्रीहरुले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने

काठमाडौं, कात्तिक ३ : प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुले आफूहरुले पाउने दशैं खर्च नलिने भएका छन्। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार...
प्रधानमन्त्री र मन्त्रीहरुले दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने
मन्त्रिपरिषद् बैठक। फाइल तस्वीर।

काठमाडौं, कात्तिक ३ : प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरुले आफूहरुले पाउने दशैं भत्ता नलिने भएका छन्। 

मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले प्रधानमन्त्रीसहित सबै मन्त्रीले पाउने दशैं भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिए।

उनले स्थानीय तहका जनप्रतिनिधिलाई पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरिएको बताए। 

यसअघि सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदहरुले पाउने दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको थियो।
 

प्रकाशित मिति: २३:३६ बजे, सोमबार, कात्तिक ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्