Kathmandu Press

भौतिक पूर्वाधारमन्त्री नेम्वाङलाई कोरोना संक्रमण

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ।
भौतिक पूर्वाधारमन्त्री नेम्वाङलाई कोरोना संक्रमण
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ।

काठमाडौं, कात्तिक ३  : भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ।

मन्त्री नेम्वाङले आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका छन्। ट्वीटरमा ट्वीट गर्दै मन्त्री नेम्वाङले पीसीआर परीक्षणको रिपोर्ट सोमबार पोजेटिभ आएको बताएका छन्। 

मन्त्री नेम्वाङले आफ्नो सम्पर्कमा आएकाहरु सबैलाई सचेत रहन र स्वास्थ्यको ख्याल गर्न आग्रह पनि गरेको छन्। 
 

प्रकाशित मिति: २२:३८ बजे, सोमबार, कात्तिक ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्