Kathmandu Press

काठमाडौं उपत्यकामा थपिए २३८८ जना कोरोना संक्रमित

काठमाडौंमा उपत्यकामा थप २३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
काठमाडौं उपत्यकामा थपिए २३८८ जना कोरोना संक्रमित
फाइल तस्वीर।

काठमाडौं, कात्तिक ३ :  काठमाडौंमा उपत्यकामा थप २३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप २३८८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  

उनका अनुसार काठमाडौंमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यस्तै, सोमबार नेपालमा थप ३७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा‍‍. गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ। संक्रमितमध्ये ९४ हजार ५०१ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ७५७ जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर २३३५ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:१३ बजे, सोमबार, कात्तिक ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्