दशैं भत्ता फिर्ता गर्न नेकपाका सांसदलाई अध्यक्ष ओलीको निर्देशन
काठमाडौं, कात्तिक ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले पनि दशैं भत्ताबापतको रकम फिर्ता गर्ने भएका छन्। संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी...
काठमाडौं, कात्तिक ३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले पनि दशैं भत्ताबापतको रकम फिर्ता गर्ने भएका छन्।
संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी ओलीले निर्देशन दिएसँगै सांसदहरुले भत्ता फिर्ता गर्ने भएका हुन्। राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई ओलीले भत्ता फिर्ता गर्न निर्देशन दिएको उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए।
भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको नेम्वाङले जानकारी दिए। ‘दशैं भत्ताबापत सांसदहरुलाई एक महिनाको रकम प्राप्त हुन्थ्यो। त्यस रकमलाई कोरोना कोषयमा जम्मा गर्ने निर्णय भएको छm’ उनले भने।
राष्ट्रियसभामा ४६ र प्रतिनिधिसभामा १ सय ७४ गरी नेकपाका २ सय २० सांसद छन्।
प्रकाशित मिति: २१:५० बजे, सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











