गृह मन्त्रालयले भन्यो- संकटकाल र कर्फ्युको हल्ला निराधार हो
काठमाडौं, कात्तिक ३ : गृह मन्त्रालयले संकटकाल र कर्फ्यू लाग्ने भन्ने सूचना थ्यहीन, भ्रामक, निराधार र गलत भएको जनाएको छ। सर्ट म्यासेज सर्भिस (एसएमएस)...
काठमाडौं, कात्तिक ३ : गृह मन्त्रालयले संकटकाल र कर्फ्यू लाग्ने भन्ने सूचना थ्यहीन, भ्रामक, निराधार र गलत भएको जनाएको छ।
सर्ट म्यासेज सर्भिस (एसएमएस) र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर गलत सूचना फैलाइएको पाइएपछि सोमबार विज्ञप्ति जारी गरी गृहले सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको स्पष्ट पारेको हो।
गृह प्रवक्ता एवं सह-सचिव चक्रबहादुर बुढाले एसएमएस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको र आवश्यक अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको बताएका छन्।
हेर्नुस् विज्ञप्ति :

प्रकाशित मिति: २१:२३ बजे, सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











