Kathmandu Press

अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतविरूद्ध चार वटा उजुरी दर्ता

काठमाडौं, कात्तिक ३ : सरकारले राजदूतमा सिफारिस गरेका  डा. युवराज खतिवडा लोकदर्शन रेग्मीविरुद्ध संसदीय समितिमा चार वटा उजुरी परेको छ। अमेरिकाका लागि खतिवडा र...
अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतविरूद्ध चार वटा उजुरी दर्ता

काठमाडौं, कात्तिक ३ : सरकारले राजदूतमा सिफारिस गरेका डा. युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध संसदीय समितिमा चार वटा उजुरी परेका छन्। 

अमेरिकाका लागि खतिवडा र बेलायतका लागि राजदूत सिफारिस भएका रेग्मीविरुद्ध प्रतिनिधिसभाको संसदीय सुनवाइ समितिमा चार वटा उजुरी परेका हुन्। उजुरीमाथि कात्तिक १७ गते छलफल हुने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

'प्रस्तावित राजदूतहरु माथि समितिमा चार वटा उजुरी परेका छन्। त्यसबारे कात्तिक १७ गते छलफल राखिएको छ,' प्रवक्ता पाण्डले भने।

संसदीय समितिले सुनुवाइ गर्दै अनुमोदन गरेपछि राजदूत नियुक्तिको प्रक्रिया पुरा हुनेछ। सरकारले गत असोज १५ गते प्रधानमन्त्रीका पूर्वआर्थिक सल्लाहकार खतिवडा र पूर्वमुख्यसचिव रेग्मीलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। 

प्रकाशित मिति: २०:२० बजे, सोमबार, कात्तिक ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्