Kathmandu Press

पर्वतमा अस्पतालले घर पठाएका संक्रमितको मृत्यु

पर्वत, कात्तिक ३ : कोरोना भाइरसको संक्रमणबाट पर्वतमा एक जना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ।कोरोना संक्रमित कुश्मा नगरपालिका–५ की ४८ महिलाको आइतबार...
पर्वतमा अस्पतालले घर पठाएका संक्रमितको मृत्यु

पर्वत, कात्तिक ३ : कोरोना भाइरसको संक्रमणबाट पर्वतमा एक जना संक्रमितको होम आइसोलेसनमै मृत्यु भएको छ।

कोरोना संक्रमित कुश्मा नगरपालिका–५ की ४८ महिलाको आइतबार साँझ घरमै मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनलाई अस्पतालले घर फर्काएपछि मृत्यु भएको हो।

श्वासप्रश्वास तथा निमोनियाको समस्या देखिएपछि उनी असोज २९ गते पोखरास्थित मेट्रोसिटी अस्पताल भर्ना भएकी थिइन्। उपचारका क्रममा कोरोना परीक्षण गर्दा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो।

आइतबार नै अस्पतालले होम आइसोलेसनमा राख्न भन्दै घर पठाएको थियो। दिउसो घर पुगेकी उनको राति मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

 

प्रकाशित मिति: १९:४८ बजे, सोमबार, कात्तिक ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्