Kathmandu Press

जनकपुरमा सुनसहित एक युवक पक्राउ

जनकपुर, कात्तिक ३ : भारततिर सुन लगिरहेको अवस्थामा जनकपुरका एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा महोत्तरीको बलबा नगरपालिका–४ का ३४ वर्षीय रामचन्द्र साह...
जनकपुरमा सुनसहित एक युवक पक्राउ

जनकपुर, कात्तिक ३ : भारततिर सुन लगिरहेको अवस्थामा जनकपुरका एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महोत्तरीको बलबा नगरपालिका–४ का ३४ वर्षीय रामचन्द्र साह रहेको सशस्त्र प्रहरीले जनाएको छ। बा १० च ३५६८ नम्बरको इको भ्यानमा लुकाइछिपाइ भारततर्फ लैजाँदै गरेको अवस्थामा जनकपुरको भ्रमरपुरा चोकबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बल धनुषा ८ नम्बर गणले जनाएको छ।

उनीबाट दुई सय ग्राम सुन बरामद गरिएको छ। गणका सशस्त्र प्रहरी निरीक्षक शम्भू कटवालको नेतृत्वमा खटिएको टोलीले काठमाडौँबाट अवैधरुपमा चोरी पैठारी गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा आइतबार साँझ उक्त सुन र गाडी पक्राउ गरेको हो।

बरामद गरिएको सुन र गाडी आवश्यक कानूनी कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। (रासस)

प्रकाशित मिति: १९:३८ बजे, सोमबार, कात्तिक ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्