Kathmandu Press

दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन

काठमाडौं, कात्तिक ३ : कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न सांसदहरुलाई निर्देशन दिएका छन्।कोरोना भाइरसको महामारीले नागरिकले उपचार पाउनसमेत अप्ठ्यारो भइरहेका...
दशैं भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई देउवाको निर्देशन

काठमाडौं, कात्तिक ३ : कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न सांसदहरुलाई निर्देशन दिएका छन्।

कोरोना भाइरसको महामारीले नागरिकले उपचार पाउनसमेत अप्ठ्यारो भइरहेका वेला दशैं भत्ता लिनु राम्रो नभएको भन्दै देउवाले आफ्ना सांसदलाई फिर्ता गर्न निर्देशन दिएका हुन्। संसद् सचिवालयले सबै सांसदको खातामा दशैं भत्ता पनि पठाएको थियो।

अहिलेको संसदीय दलको बैठक बसेर निर्णय गर्न सकिने अवस्था नभएकाले सभापति देउवाले सबै सांसदलाई आन्तरिक रुपमा निर्देशन दिएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले बताए।  ‘नेपाली कांग्रेस पार्टीले दशैंभत्ता सरकारलाई फिर्ता गर्ने भनेर निर्देशन दिएको छ, त्यही अनुसार सबै सांसदले फिर्ता गर्छौं,’ खाँणले भने।

सांसदलाई दिएको दशैं भत्ताको रकम कोरोना संक्रमण नियन्त्रण र संक्रमितको उपचारमा खर्च गर्नुपर्ने उनको भनाइ छ। त्यहिअनुसार, सबै सांसदले दशैं भत्ता फिर्ता गर्ने उनले बताए।

संघीय संसदका सदस्यको पारिश्रमिक तथा सेवासुविधासम्बन्धी ऐनमा दशैं भत्ताको व्यवस्था नपनि सरकारको निर्णयका आधारमा संसद सचिवालयले दशैं भत्ता वितरण गरेको थियो। सचिवालयले पारिश्रमिकसँगै दशैं भत्ता पनि संसदको बैंक खातामा पठाएको थियो।

यसको व्यापक विरोध भएको छ। केही सांसदले दशैं भत्ता फिर्ता पनि गरिसकेका छन् भने केही गर्ने क्रममा छन्।

 

प्रकाशित मिति: १७:२३ बजे, सोमबार, कात्तिक ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्