Kathmandu Press

केएमसी अस्पतालबाट हाम फालेका युवकको मृत्यु

काठमाडौं, कात्तिक ३ : काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालबाट हाम फालेका सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ।उनले आज बिहान ८ः४५ बजे अस्पतालको...
केएमसी अस्पतालबाट हाम फालेका युवकको मृत्यु

काठमाडौं, कात्तिक ३ : काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालबाट हाम फालेका सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ।

उनले आज बिहान ८ः४५ बजे अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए। उनको नाम रोशन खड्का रहेको र उनी सोलुखुम्बुको जुगु गाउँपालिकाका बासिन्दा भएको प्रहरीले जनाएको छ।

बानेश्वरमा बस्दै आएका २६ वर्षीय युवक आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको मानसिक सन्तुलन ठीक नभएको अस्पतालले जनाएको छ।

उनले शरीरमा आगो लगाउन खोजेका थिए। आफन्तजनले रोकेको प्रहरीले जनाएको छ।

आगोले उनका हातखुट्टा जेलेका थिए। उपचारका लागि काठमाडौं मेडिकल कलेज भर्ना गरिएको थियो।

प्रहरीका अनुसार कुरुवा बसेकी आमा औषधी किन्न गएका वेला उनले अस्पतालको तेस्रो तलाबाट हाम फालेका हुन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६:३० बजे, सोमबार, कात्तिक ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्