Kathmandu Press

सुनसरीमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु

धरान, असोज ३ : कोरोना भाइरसको संक्रमणबाट सुनसरीमा चार जनाको मृत्यु भएको छ। दुई जनाको अस्पतालमा र दुई जनाको घरमै मृत्यु भएको हो।धरानस्थित...
सुनसरीमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु

धरान, असोज ३ : कोरोना भाइरसको संक्रमणबाट सुनसरीमा चार जनाको मृत्यु भएको छ। दुई जनाको अस्पतालमा र दुई जनाको घरमै मृत्यु भएको हो।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार आज बिहान धरान ८ एघारघरेका एक युवकको मृत्यु भएको छ। उनको उपचारका क्रममा बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।

धरान-८ का वडा सदस्य राम मगरका अनुसार उनी मिर्गौला रोगबाट पीडित थिए। उनी डायलासिसका लागि प्रतिष्ठान आवतजावत गर्दै आएका थिए। त्यहिक्रममा कोरोना संक्रमण भएको हो।

त्यस्तै, प्रतिष्ठानमै इटहरी-२० का ७८ वर्षीय बृद्धको आज बिहान ३ बजे मृत्यु भएको छ। उनको उपचारका क्रममै मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए। उनी कोरोना संक्रमण भएपछि असोज १९ गते प्रतिष्ठानमा भर्ना भएका थिए।

यसैगरि, आइतबार साँझ ७ः१५ बजे धरान-१९ की ७० वर्षीया बृद्धाको होम आइसोलेसनमा मृत्यु भएको छ। उनलाई एक साता अघि कोरोना संक्रमण देखिएको थियो।

त्यसयता उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन्। होम आइसोलेसनमै रहेका वेला आइतबार साँझ मृत्यु भएको हो।

यसअघि आइतबार अपराह्न धरान-८ का ६८ वर्षीय बृद्धको कोरोनाबाट मृत्यु भएको थियो। प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारर

उनले घर जान खोजेका थिए। परिवारजनले पनि उनलाई घर लगेका थिए। घर पुगेको केहीबेरमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: १६:०५ बजे, सोमबार, कात्तिक ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्