Kathmandu Press

धरानमा कोरोना संक्रमणबाट ७८ वर्षीय बृद्धको मृत्यु

धरान, कात्तिक ३ : कोरोना भाइरसको संक्रमणबाट धरानमा एक जना बृद्धको मृत्यु भएको छ।आज बिहान धरानस्थि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  सुनसरीको इटहरी–२०...
धरानमा कोरोना संक्रमणबाट ७८ वर्षीय बृद्धको मृत्यु

धरान, कात्तिक ३ : कोरोना भाइरसको संक्रमणबाट धरानमा एक जना बृद्धको मृत्यु भएको छ।

आज बिहान धरानस्थि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  सुनसरीको इटहरी–२० का ७८ वर्षीय बृद्धको मृत्यु भएको हो। उनको उपचारका क्रममै बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए।

उनलाई असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी असोज १९ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना भएका थिए।

उनी रक्तअल्पताबाट पीडित रहेको अस्पतालका सहप्रवक्ता डा. श्रेष्ठले बताए। उनलाई ज्वराेसँगै श्वासप्रश्वासमा पनि समस्या रहेकाे थियाे।

 

प्रकाशित मिति: १५:३९ बजे, सोमबार, कात्तिक ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्