Kathmandu Press

विश्वभरमा कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो 

काठमाडौं, कात्तिक ३ : विश्वभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या चार करोड नाघेको छ । विश्वका दुई सय १५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म...
विश्वभरमा कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो 

काठमाडौं, कात्तिक ३ : विश्वभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या चार करोड नाघेको छ । विश्वका दुई सय १५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २६ हजारभन्दा धेरै सङ्क्रमित भएको वर्ल्डोमिटरले जनाएको छ ।

यस्तै सङ्क्रमितमध्ये ११ लाख १८ हजार १ सयभन्दा धेरैको ज्यान गएको छ भने ३ करोड भन्दा धेरै उपचारपछि निको भएका छन् । विश्वमा अहिले ९० लाख ३८हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ८३ लाख ८७ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि हुँदा दुई लाख २४ हजारभन्दा धेरैको ज्यान गएको छ ।

यस्तै सबैभन्दा प्रभावितको दोस्रो स्थानमा रहेको भारतमा ७४ लाख भन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदा एक लाख १४ हजारभन्दा धेरैको ज्यान गएको छ । केही दिनयता नेपालमा पनि कोरोना सङ्क्रमणको दर बढिरहेको छ ।

आइतबार दुई हजार नौ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ । तीमध्ये ९२ हजार एक सय ६६ जना सङ्क्रमणमुक्त हुँदा सात सय ३९ जनाको ज्यान गएको छ ।  

प्रकाशित मिति: १२:३० बजे, सोमबार, कात्तिक ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्