गण्डकी प्रदेशमा थप ३५ जनालाई कोरोना संक्रमण
काठमाडौं, कात्तिक २ : गण्डकी प्रदेशका ३ जिल्लामा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले आज बिहान...
काठमाडौं, कात्तिक २ : गण्डकी प्रदेशका ३ जिल्लामा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले आज बिहान पहिलो प्रेस बिज्ञप्ती सार्बजनिक गर्दै तनहुँमा ९ जना, कास्कीमा २४ जना र बाग्लुङमा २ जना गरी ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५७६५ पुगेको छ ।
प्रकाशित मिति: १२:२४ बजे, सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











