Kathmandu Press

भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघ्यो 

काठमाडौं, कात्तिक ३ : भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको...
भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघ्यो 

काठमाडौं, कात्तिक ३ : भारतमा कोरोना संक्रमितको संख्या ७५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५५ हजार ३५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७५ लाख ४७ हजार ७६२ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म ६६ लाख ५८ हजार ९३७ जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ७४ हजार १९६ जनाको उपचार भइरहेको छ । कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप ५६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६२९ पुगेको छ ।

प्रकाशित मिति: १२:१९ बजे, सोमबार, कात्तिक ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्