भारतीय महिलाले यसरी गरिन् नेपालको प्रचार (भिडियो)
काठमाडौं, कात्तिक २ : एक भारतीय महिलाले नेपालबारे गरेको प्रचार दुई दिन यता चर्चामा छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले नेपालबारे भिडियो बनाएर...
काठमाडौं, कात्तिक २ : एक भारतीय महिलाले नेपालबारे गरेको प्रचार दुई दिन यता चर्चामा छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले नेपालबारे भिडियो बनाएर प्रचार गरेकी छिन्। उनले नेपालको प्रचार गरेर भिडियो बनाएपछि सामाजिक सञ्जालमा यसको चर्चा भइरहेको छ।
उनले भिडियोमा ‘नेपाल घुम्नै नहुने सात कारण’ उल्लेख गरेकी छिन्।
‘मलाई थाहा छ, मैले नेपाल घुम्न बोलाउँदा–बोलाउँदा वाक्क भइसकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नुहुनेछ। म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरूसँग बाँड्दै छु,’ उनले भनेकी छन्। उनले अनौठो पारामा नेपालको प्रचार गरेपछि उनको प्रसंशासमेत भइरहेको छ।
प्रकाशित मिति: २२:४३ बजे, आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











